• २०८३ जेष्ठ २३  शनिबार
  • Saturday 06 Jun 2026

राष्ट्रिय ट्रमा सेन्टर

महांकाल, काठमाडौँ, नेपाल

मौखिक र मैक्सिलोफेसियल सर्जरी

यस ट्रमा सेन्टरको स्थापनाकाल देखि ओरल एण्ड मेक्जिलोफेसियल सर्जरी सेवा शुरु भएको हो । वीर अस्पतालको तत्कालीन ओरल एण्ड मेक्जिलोफेसियल (OMFS) टोम, (डा. इश्फा बानु, हक, डा. किशोर भण्डारी, डा. नारायण शर्मा लामिछाने र डा. कालु सिंह खत्री) द्धारा यो सेवा सुचारु गर्नु भएको हो । यो सेवा हालको अवस्थामा पनि वीरको OMFS TEAM (डा. बन्दना कर्ण) र इश्फा बानु हक, डा. किशोर भण्डारी, डा. गोरव कर्ण) र ट्रमामा रहेको एक मात्र स्थायी OMFS दरबन्दी (डा. संध्या जोशी) द्धारा यो सेवा संचालन भइरहेको हो ।

२०७४ साल श्रावण देखि MDS, OMFS को स्नातकोत्तर विषयको पठनपाठन शुरु देखि नै २४ सै घण्टे आकस्किम सेवा तथा शल्याक्रियामा आवासीय चिकित्सकहरु संलग्न हुँदै यो सेवालाई निरन्तरता प्रदान गरिरहेको जानकारी गराउन चाहन्छौं । 

२०७९ साल मंसिर २५ गते देखि ट्रमाको बिरामीलाई थप सहुलियत प्रदान गर्ने गरी सोमबार एक दिन बहिरंग सेवा शुरु गरेका होैं । 

अहिले हामीले Routine OT शुक्रबारको दिन तथा EHS OT मंगलबारको दिन गरेर शल्यक्रियाको सेवा संचालन गर्दै आइरहेका छौं ।

२०७९।२०८० आ.व. मा हामीले कुल १०५ जना बिरामीलाई शल्यक्रिया सेवा सुविधा दिएका छौं भने OPD मा नयाँ बिरामी ५२ जना तथा पुरानो विरामी गरी जम्मा ६७ जनाले सेवा पाएको जानकारी गराउन चाहन्छौं ।