- २०८३ असोज २० मङ्गलवार
- Tuesday 06 Oct 2026
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालले सरोकारवाला तथा जनसमुदायको जानकारीको लागि वेबपेज खोलेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । यो राष्ट्रिय ट्रमा सेन्टर आघात पीडितको हेरचाह गर्न समर्पित एक मात्र ट्रमा सेन्टर भएकोले, यो भारत सरकारको सहयोगमा निर्माण गरिएको तेस्रो स्तरको हेरचाह केन्द्र हो। यस ट्रमा सेन्टरमा २०० शय्याको क्षमताको पूर्ण रूपमा सुसज्जित ५ मोड्युलर अपरेशन थिएटर र एउटा आपतकालीन अपरेशन थिएटर रहेको छ ।